Pariwartan Nepali article by A K Chaurasiya

Patriwartan is a  Nepali poem created by A K Chaurasiya that reflecting "Unity is the strength"  dedicated to people of the country to do something that makes it  not  only developed but also saving identity of Lord Budhha birth place, Mount Everest, King Janak birth place, Prithvi Narayan Shah, Arniko and so on.

Pariwartan 

Patriwartan is a  Nepali poem created by A K Chaurasiya that reflecting “Unity is the strength”  dedicated to people of the country to do something that makes it not only developed but also saving identity of Lord Budhha birth place, Mount Everest, King Janak birth place, Prithvi Narayan Shah, Arniko and so on. If you love this article, kindly share in your circle to boost positive stamina for the creator. Thank you

 

परिवर्तन

जागौं,उठौं, ब्यूझौँ र सुनौ आमाको पुकार ।
हातमा हात थापी गरौँ एक-अर्कालाई उपकार।।

Nepali article on paeriwartan
Article on Pariwartan

जनक, सीता, बुद्ध र त्यो अरनिको ।
किन हामी वहाँहरुको मार्ग बिर्सेको ।।
फेसबूकमा गाली गलौज कहाँको यो कस्तो प्रवृति।
आमालाई गिज्याउने यी कस्ता नालायक सन्तति।।
हिम -शिखर ब्रह्माण्डको ठूलो हाम्रो त्यो हिमाल।
मौलाएको लालीगुराँस देखिनै छाडेको डाफें- मुनाल ।।
जागौं ,उठौं , ब्यूझौँ र सुनौ आमाको पुकार।
हातमा हात थापी गरौँ एक -अर्कालाई उपकार।।

नेपाली भन्नुमा नै हामीलाई अति ठूलो गर्व छ ।
यहाँको हरेक संस्कृति रीतिरिवाज़ हाम्रो पर्व छ ।।
सयौं थुँगा फूलका हामी एउटै माला नेपाली ।
न चिनाई दिनुहोला भनी पाल्पाली वा झापाली।।
उठेको शिरलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु होला।
देशलाई टुक्र्याउने भावना कदाचित न ल्याउनु होला।।
जागौं ,उठौं , ब्यूझौँ र सुनौ आमाको पुकार ।
हातमा हात थापी गरौँ एक -अर्कालाई उपकार।।

के छैन यहाँ हाम्रो स्वर्ग जस्तो सुन्दर संसार ।
खाड़ी जाने छाडी ,दिदी बाहिनी आमाको प्यार ।।
जन्मिनु के अर्थ जहाँ देशप्रतिको आस्था छैन ।
बाच्नु के अर्थ जहाँ आफ्नै व्यवस्था छैन।।
न लागौं साथी हो कुनै ठूलो संघ र संस्थामा ।
ठूलो शक्ति हुन्छ आफ्नै आत्म – निर्भरतामा ।।
जागौं ,उठौं , ब्यूझौँ र सुनौ आमाको पुकार।
हातमा हात थापी गरौँ एक -अर्कालाई उपकार।।
अटल -अडिग हिमालय बोकेको हाम्रो देश नेपाल।
सधैँ भरि रहोस् सदा झैं सुन्दर, शान्त र विशाल।।

– अजय कुमार चौरसिया

[5192 visitors]

Comments

© 2025 Universe84a.com | All Rights Reserved

12731585

Visitors